scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

‘लुट्न सके लुट कान्छा…’ गीत देशभर सार्वजनिक स्थानमा बजाउने तयारी

काठमाडौं, ५ फागुन । लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा…’ को विषयलाई लिएर यतिबेला सामाजिक संजाल पुरै तातेको छ । केही दिन अघि सार्वजनिक उक्त गीत गायक शर्मा आफैंले यूटुबबाट हटाएका छन् ।

सरकारी प्रतिबन्धका कारण उक्त गीत यूटुबबाट हटाउनुपरेको बताइएको छ । तर सरकारको प्रतिबन्ध भनिएको उक्त गीत देशभरका सार्वजनिक स्थलमा बजाउने तयारी गरिएको छ ।

स्वतन्त्र नागरिक समूहले शर्माको उक्त गीतलाई काठमाडौं, पोखरा, चितवन, लगायत देशमा मुख्य-मुख्य शहरका चोक-चोकमा बजाउने तयारी थालिएको बताइएको छ ।

यूटुबबाट उक्त गीत हटेपछि गायक शर्माको पक्षमा अधिकाँश प्रतिक्रियाहरु आइरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob