scheduleसोमवार चैत्र ११ गते, २०७५

फागुन ८ गते प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने


धनगढी, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले उक्त जानकारी दिएका हुन् ।

यसैगरी सोही दिन धनगढी खुलमञ्चमा आयोजना हुने पार्टीको सुदूरपश्चिमस्तरीय विषेश कार्यकर्ता भेलालाई पनि उनी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अन्य नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा प्रदेश कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिएका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob