scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

वृद्ध भत्ता पाँच हजार पुग्छ : मन्त्री अर्याल

स्याङ्जा, ५ फागुन । भूमि व्यवस्था गरीबी निवारण एवं सहकारीमन्त्री पद्माकुमारी अर्यालले सरकारले वृद्ध भत्ता पाँच हजार पुर्‍याएरै छाड्ने बताएकी छन् । उनले निर्वाचनका बेला बोलेका कुरा पूरा गरेरै छाड्ने बताईन् ।

मन्त्री अर्यालले चापाकोट नगरपालिका–७ स्थित साँखर साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभामा सरकार पार्टीको घोषणापत्रलाई आत्मसात् गरेर अगाडि बढेको जिकीर गरिन् । उनले भनिन्, ‘निर्वाचनका बेला हामीले वृद्ध भत्ता पाँच हजार बनाउँछाैं ।’

मन्त्री अर्यालले ५ वर्षमा मुलुकको विकासको स्पष्ट खाकासहित विकासले गति लिने बताउँदै सरकार अहिलेसम्म नीति निर्माणमै अल्झिनु परेकाले सोचे जति छिटो छरितो काम हुन नसके पनि अब कामले गति लिने बताईन् । रनसस
–––

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob