scheduleशनिवार चैत्र ९ गते, २०७५

सलमानलाई पाकिस्तानमा भब्य स्वागत, २० अर्ब अमेरिकी डलर सहयोग


इस्लामावाद, पाकिस्तान, ६ फागुन । वैदेशिक मुद्रा सञ्चय गुमाउँदै गएको, आर्थिक घाटा बेहोरिरहेको र आफ्नो वित्तिय भविष्य सुरक्षित गर्न संघर्ष गरिरहेको पाकिस्तानले साउदी अरेबियाका शासक युवराज मोहम्मद बिन सलमानका लागि आइतबार एउटा भब्य स्वागत गरेको छ ।

एमबीएस भनेर चिनिने मोहम्मद बिन सलमानले आफ्नो पाकिस्तान भ्रमणको शिलशिलामा वर्तमान् इमरान खान सरकारलाई २० अर्ब अमेरिकी डलर सहायता दिने घोषणा गरेको छ ।

पाकिस्तान भ्रमणमा रहेका साउदी अरबका राजकुमार मोहमद बिन सलमानले पाकिस्तानलाई २० अर्ब डलर बराबरको सहायता दिने सम्झौतामा हस्ताक्षर गरेका हुन् । अघिल्लो वर्ष आर्थिक वृद्धि दर ५ प्रतिशतले वृद्धि गरेकाले पाकिस्तानको भविष्य उज्ज्वल रहेको भन्दै मोहमद बिन सलमानले पाकिस्तानलाई साउदीले आर्थिक सहयोग गरेको बताएका छन् ।

यसअघि राजकुमार सलमानलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।

राजकुमार सलमानले एसियाका पाँच देशको भ्रमणमध्ये पाकिस्तान पहिलो गन्तव्य ठानिएको थियो तर मलेशिया र इण्डोनेशियाको भ्रमण अहिलेका लागि पछि धकेलिएको छ ।

साउदी शाही भ्रमणलाई पाकिस्तानमा पछिल्लोपटक यति नै धुमधामसँग सन् २००६ मा लिइएको थियो जब साउदी शासक राजा अब्दुल्लाह बिन अब्दुलाजिजले परमाणु अस्त्र देशको भ्रमण गरेका थिए ।

इमरान खानले व्यक्तिगत रुपमै व्यवस्थापनको ख्याल गरिरहेको बताइएको छ । भारतले कश्मिरमा सुरक्षा फौजमाथिको घातक हमलामा पाकिस्तानलाई दोष लगाएपछि भारत र पाकिस्तानबीच तनाव चुलिएका बेला युवराज बिन सलमानको भ्रमण हुन लागेको हो । यसले पाकिस्तानमाथि आतङ्कवादको आरोप लागेका समय ठूलो सहयोगको महसुस भएको छ ।

१ हजार शक्तिशाली प्रतिनिधिका लागि इस्लामावादमा सयौं पाँचतारे कोठाहरू अग्रिम रुपमै बुक गरिएका थिए ।

दुई दिने भ्रमणमा साउदी युवराज प्रधानमन्त्रीको निवासमा बसेका छन् । यसरी प्रधानमन्त्री निवासमै यसअघि कुनै पनि अन्य देशका अतिथिलाई राखिएको थिएन ।

केन्द्रीय बैंकसँग विदेशी मुद्रा सञ्चय अन्तर्गत जम्मा ८ अर्ब डलर मात्रै रहेको छ र भुक्तानी सन्तुलन संकटको सामना गरिरहेको छ ।

गत अगष्टमा शपथ लिएयता पूर्व क्रिकेटर इमरान खानले मित्र राष्ट्रहरूसँग सहयोगका लागि आक्रामक प्रयासहरू गरिरहेका छन् ताकि पाकिस्तानको अर्थतन्त्रलाई जोगाउन सकियोस् । उनले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग निकै कडा सर्तसहित सहायता खोजिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob