scheduleशनिवार चैत्र ९ गते, २०७५

भारतको जम्मू-काश्मिरमा गोली हानाहान, मेजरसहित सेनातर्फ चारको मृत्यु

भारत, ६ फागुन । भारत प्रशासित जम्मू-कश्मीरको पुलवामाको पिङ्गलान क्षेत्रमा सोमबार सेनाले गरेको कारवाही अभियानको क्रममा सेनाका चारजनाको निधन भएको छ । निधन हुनेमा एक मेजर पनि छन् । सुरक्षाकर्मीले चरमपन्थीमाथि इनकाउन्टर अभियान चलाउनेक्रममा उक्त हताहती भएको हो ।

केही दिन अघि मात्रै सोही क्षेत्र नजिक ४६ जना भारतीय सैनिक मारिएका थिए । भिडन्तको क्रममा दुईजना सर्वसाधारणको पनि निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob