scheduleशनिवार चैत्र ९ गते, २०७५

कम्तीमा ५० कित्ता र बढीमा सबै कित्ता शेयरका लागि आवेदन गर्न सकिने आइपीओ आजबाट खुल्यो

काठमाडौं, ६ फागुन । शिवम् सिमेन्टले आज (सोमबार) देखि सर्वसाधारणका लागि प्रिमियम भाउमा साधारण शेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता ३०० रुपैयाँका दरले ४४ लाख कित्ता र मकवानपुरबासीका लागि प्रतिकित्ता २०० रुपैयाँका दरले ५ लाख ७९ हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरेको हो ।

प्रतिकित्ता शेयरको अंकित मूल्य १०० रुपैंयामा २०० रुपैयाँ प्रिमियम थप गरी ३०० रुपैंयाको दरले सर्वसाधारणका लागि शेयर निष्काशन गरेको कम्पनीले जनाएको छ । यता आयोजना प्रभावित मकवानपुरबासीका लागि भने अंकित मूल्यमा १०० रुपैयाँ प्रिमियम थप गरी २०० रुपैंयाको दरमा शेयर निष्काशन गरेको कम्पनीले जनाएको छ ।

कुल ४४ लाख कित्तामध्ये २ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । यस्तै, सामूहिक लगानी कोषलाई पनि २ लाख २० हजार कित्ता नै छुट्याइएकोमा ६० हजार कित्तामात्र माग भएपछि बाँकी १ लाख ८० हजार कित्ता पनि सर्वसाधारणलाई नै थप गरी बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

शिवम्ले यसअघि सर्वसाधारणलाई अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँमा आइपीओ बिक्री गर्न अनुमति पाएको थियो । तर पछि प्रिमियम भाउ घटाएर अहिले प्रतिकित्ता ३०० रुपैयाँमा आइपीओ जारी गरेको हो ।

यता, आयोजना प्रभावित स्थानीयले पनि अब प्रतिकित्ता २०० रुपैयाँमा आइपीओ किन्न सक्ने कम्पनीले जनाएको छ । यसअघि स्थानीयलाई ३०० रुपैयाँको दरमा ८ लाख ८० हजार कित्ता आइपीओ जारी गर्दा २ लाख २४० कित्ता मात्र बिकेको थियो ।

आइपीओमा सर्वसाधारण तथा मकवानपुरबासीले कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम कित्ताको हकमा मकवानपुरबासीले ५ लाख ७९ हजार ६४० कित्ता र सर्वसाधारणले ४४ लाख कित्तासम्म आवेदन गर्न सक्नेछन् ।

आइपीओमा नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सबै शाखा कार्यालय मार्फत सि–आश्वा प्रणालीमार्फत् ७७ जिल्लाबाटै आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित मकवानपुरबासीले आफ्नो नागरिकता वा जन्मदर्ताको प्रमाणपत्रका आधारमा सि–आश्वा प्रणालीमार्फत् आवेदन गर्न सक्नेछन्।

यस आइपीओमा छिटोमा फागुन ९ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि निष्काशन गरिएको सबै कित्ताको लागि आवेदन नपरेको खण्डमा चैत ५ गतेसम्म आवेदन खुल्ला रहने कम्पनीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob