scheduleमगलवार जेष्ठ १३ गते, २०७७

क्याम्पस अगाडिको खाली चौरमै बालिकामाथि बलात्कार प्रयास

धनुषा, ६ फागुन । जनकपुर उपमहानगरपालिका–१२ रामस्वरुप टोल बस्ने १० वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा सोही उपमहानगरपालिका–४ बस्ने भारत बेतिया जमुनियाका ५० वर्षीय संजय ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

घर पुर्‍याई दिन्छु भनि सोही स्थानमा रहेको रामसागर बहुमुखी क्याम्पस अगाडिको खाली चौरमा लगी जबरजस्ती करणी गर्न खोजेको भन्ने स्थानीयमार्फत् जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी हनुमाननगर, धनुषाबाट खटिएको प्रहरी टोलीले ठाकुरलाई पक्राउ गरेको हो ।

Dish_Home

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय