scheduleशुक्रवार चैत्र ८ गते, २०७५

गुगल, फेसबुकजस्ता अनलाइन कम्पनीमाथि ‘डिजिटल कर’ लगाउने तयारी


एजेन्सी, ७ फागुन । न्यूजिल्याण्ड सरकारले फेसबुक र गुगलजस्ता चर्चित अनलाइन कम्पनीहरुमाथि डिजिटर कर लगाउने योजना अगाडि सारेको छ । न्यूजिल्याण्ड सरकारका अनुसार यस्ता कम्पनीहरुले देशमा अकूत नाफा गरे पनि एकदमै कम कर तिरिरहेकोले यस्तो योजना अगाडि ल्याइएको हो ।

न्यूजिल्याण्डका प्रधानमन्त्री जेसिंडा अरडर्नका अनुसार आम्दानी करबीच ठूलो अन्तर छ, जसलाई घटाउन आवश्यक छ । उनी भन्छन्, ‘हामीसँग भएको कर व्यवस्था यस प्रकारले उचित छैन किनकी यसले व्यक्तिगत करदाता र बहुराष्ट्रिय कम्पनीहरुका साथ फरक फरक व्यवहार गर्छ । जुन कतिपनि ठिक होइन ।’
उनका अनुसार प्रस्तावित डिजिटल सेवा करअन्तर्गत बहुराष्ट्रिय अनलाइन कम्पनीलाई न्यूजिल्याण्डमा आफ्नो कमाईको लगभग २ देखि ३ प्रतिशत करको रुपमा दिनुपर्ने हुन्छ । यो करको दर अरु देशहरुमा भइरहेको अभ्यासअनुरुप नै छ ।

राजस्व मन्त्री स्टुअर्ट नैशका अनुसार विदेशी अनलाइन कम्पनीलाई स्थानीय कम्पनिमाथि प्रतिस्पर्धात्मक लाभ मिलिरहेको छ । स्थानीय कम्पनीले काफी मात्रामा कर तिर्न परिरहेको छ । उनका अनुसार कर प्रणाली आउँदो वर्षदेखि लागू हुनेछ ।
न्यूजिल्याण्ड सरकारका अनुसार बहुराष्ट्रिय अनलाइन कम्पनीहरुले हरेक वर्ष उक्त देशबाट करिब १.९ अर्ब अमेरिकी डलरको कारोबार गर्छ । नयाँ कर प्रणाली लागू गरेपछि सरकारलाई ती कम्पनीहरुबाट हरेक वर्ष ५.५ करोड अमेरिकी डलर प्राप्त हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob