scheduleआइतवार चैत्र १० गते, २०७५

मजाकमा वाईफाईको नाम ‘लश्कर ए तैयबा’ राख्दा प्रहरी खोरमा


नयाँ दिल्ली, ७ फागुन । काश्मिरमा आतंकवादी हमलापछि भारतभरी एउटा भय फैलिएको छ । उक्त घटनाबारे आम सञ्चार माध्यमदेखि चिया पसलसम्म चर्चा चुलिइरहेको छ ।

उक्त घटनाबारे सामाजिक सञ्जालमा हल्का टिप्पणी गर्नेलाई समेत प्रहरीले पक्राउ गरिरहेको छ भने सामाजिक सञ्जालमा पनि व्यापक आलोचना हुने गरेको छ ।

यसैबीच मुम्बईका एक युवाले रमाइलो गर्दै वाईफाईको नाम लश्कर ए तैयबा राख्दा उनी प्रहरी हिरासतसम्म पुग्नुपरेको छ । स्थानीय एक युवकले हाँसीमजाकमै वाईफाईको नाम लश्कर ए तैयबा राखिदिएछन् । सोही कम्प्लेक्समा रहेका एक मानिसले मोबाइलमा यस्तो वाईफाई नेटवेर्क देखिएपछि तत्काल प्रहरीलाई खबर गरे ।
सूचनाको आधारमा प्रहरीले युवकलाई गिरफ्तार पनि गर्‍यो । युवकले बयानको क्रममा छिमेकसँग मजाक गर्न मात्रै आफूले त्यस्तो नाम राखेको बताएका छन् ।

प्रहरी सोधपुछपछि चेतावनी दिएर उनलाई छाडिदिएको छ भने तत्काल वाईफाईको नाम पनि बदल्न निर्देशन दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob