scheduleआइतवार भाद्र १ गते, २०७६

यार्सागुम्बासहित काठमाडौं भत्केकोपुलबाट एक पक्राउ

काठमाडौं, ७ फागुन । काठमाडौं महानगरपालिका–५ भत्केकोपुलबाट यार्सागुम्बासहित ललितपुर कुपण्डोल बस्ने एक व्यक्ति पक्राउ परेका छन् । चितवन खैरनी नगरपालिका–६ का २२ वर्षीय सुजनसारु मगरलाई १ सय १८ पिस यार्सागुम्बा, नेपाली रूपैयाँ ४३ हजार ५ सय ५० र अमेरिकी २० डलरसहित प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले बा ८९ प ३६३८ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा चालक मगरको साथबाट उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage