scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

बासी रोटीको यी फाइदा जान्दा तपाईंलाई अचम्म लाग्न सक्छ


मोटोपन बढ्दै जाँदा खाना नखाएर रोटी नखाने प्रचलन बढ्दै गएको छ । सीमित रोटी खाँदा तौल नबढ्ने विश्वास गरिन्छ । पकाएको रोटी सोही दिन नसकिन सक्छ । त्यसलाई बासी भनेर अर्को दिन फ्याँक्ने प्रचलन पनि छ ।

तर बासी रोटीका यस्ता समस्याहरु थाहा पाउँदा हामीलाई अचम्म लाग्न सक्छ । कयौं अनुसन्धानहरुबाट पुष्टि भएका छन् कि बासी रोटी ताजा रोटीभन्दा स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ । बासी रोटीमा धेरै पौष्टिक तत्व पाइन्छ ।

बासी रोटीमा पाइने अधिकतम् प्रोटिनका कारण शरी ऊर्जावान हुन्छ । साथै यसको सेवनबाट शरीरमा रगतमा हुने ग्लूकोजको मात्रा नियन्त्रणमा रहन्छ । मधुमेहका बिरामीहरुले बिहान बिहान बासी रोटी चिसो दूधका साथ खानुपर्छ । यसबाट शरीरको ब्लड ग्लूकोजको मात्रा नियन्त्रणमा महत्वपूर्ण सहयोग मिल्छ ।

बासी रोटीको सेवनले रक्तचापमा पनि नियन्त्रण आउने विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् । चिसो दूधका साथ बासी रोटी खाँदा यसले रक्तचाप नियन्त्रण गर्दछ । उच्च रक्तचापको समस्या हुनेले यो विधिको दैनिक प्रयोग गर्न सक्छन् ।

बासी रोटीको सेवनले पेटको समस्या पनि कम हुन्छ । यदि तपाईंलाई अम्लीयपन वा ग्यास्ट्रिक र पेटका अन्य समस्या छन् भने बासी रोटीको सेवन उपयुक्त हुन्छ । बासी रोटीमा हुने फाइबरले खाएको पचाउँछ भने पाचन प्रणालीमा रहेका समस्याहरुलाई पनि नियन्त्रण गर्दछ ।

यदि तपाईं दैनिक शारीरिक अभ्यास गर्नुहुन्छ भने बासी रोटीको सेवन तपाईंका लागि लाभकर हुन सक्छ । यसले तपाईंको मां‌शपेशी बलियो बनाउनुका साथै शरीरमा ऊर्जा पनि मिल्छ । यसले शरीरको तापक्रम पनि नियन्त्रण गर्न सघाउँछ । तपाई‌ं दैनिक जिम जानुहुन्छ भने बिहान दूधसँग बासी रोटी खान सक्नुहुन्छ ।

दूब्ला मानिसका लागि पनि बासी रोटी लाभकर हुन्छ । यसबाट तपाईं मोटाउन पनि सक्नुहुन्छ । बासी रोटीबाट शरीरलाई फाइदाजनक फाइबर र प्रोटिन मिल्छ । यसले दूब्ला र पातला मानिसलाई मोटाउन सहयोग गर्दछ । यदि तपाईं पनि दूब्लो हुनुहुन्छ र ज्यान लागोस् भन्ने चाहनुहुन्छ भने बिहान दूधसँग बासी रोटी खानुहोस् । तपाईंलाई फाइदाजनक हुन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob