scheduleमगलवार जेष्ठ ७ गते, २०७६

उत्तर कोरियाली कम्युनिष्ट शासकको अचम्मै बनाउने खानपान


एजेन्सी, ७ फागुन । उत्तर कोरियामा कम्युनिष्ट शासन रहेको मानिन्छ । कम्युनिष्ट आदर्शमा शासक र नागरिकबीच धेरै दूरी नहुनुपर्ने हो । तर, स‌ंसारलाई चकित पार्ने उत्तर कोरियाली शासक किम जोंगको खानपिनको कुरा थाहा पाउँदा तपाईंलाई अचम्म लाग्न सक्छ ।

हामीमध्ये प्रायःलाई थाहा छ कि उनी आधुनिक प्रविधि र महंगा हतियारको सौखिन छन् । केही समय पहिले उनी उत्तर कोरियामा हाइड्रोजन बमको सफल परीक्षण पनि गरेका थिए । उक्त कदमबाट संसारको ध्यान उत्तर कोरियातिर खिचिएको थियो ।

तर, तपाईंलाई थाहा नहुन सक्छ कि किम महंगा रक्सी, चुरोट र मांशाहारी खानाका सौखिन हुन् ।

बेलायतबाट प्रकाशित हुने पत्रिका ‘द मिरर’का अनुसार किमलाई गाईको दूधबाट बनेको चिज र स्नेक वाइन एकदमै मनपर्छ । यसका साथै उनी जापानी खाना सुशी शैंपेन पनि अत्यधिक मन पराउँछन् ।

किमको खानमा ‘कोब मिट’ पनि सामेल हुन्छ, जुन कुरा उनकै लागि जापानबाट मगाइन्छ । कोब स‌ंसारकै सबैभन्दा महंगो र कम पाइने मासु हो । यसका साथै उनी डेनमार्कको उच्च गुणस्तरको सुंगुर र इरानको क्याभिअर अर्थात् स्वादिलो माछाको परिकारका पनि सौखिन छन् ।

सञ्चार माध्यमहरुका अनुसार, किमको लागि हरेक वर्ष औसत ३२० करोडको रक्सी दोस्रो देशबाट उत्तर कोरिया मगाइन्छ । उनलाई हेन्सीजस्ता ब्रान्डका रक्सी मन पर्छ जसको एक बोतलकै २१४५ डलर पर्छ ।

किमलाई फ्रेन्च चुरोट मनपर्छ । उनी Yves Saint Laurent चुरोट पिउँछन्, जसको एक प्याकेटकै मूल्य ४४ डलर पर्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob