scheduleमगलवार जेष्ठ ७ गते, २०७६

प्रधानमन्त्री ओली आज र भोलि सुदूरपश्चिमका विभिन्न कार्यक्रममा सहभागी हुँदै

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज र भोलि सुदूरपश्चिमका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागीता जनाउने भएका छन् । प्रधानमन्त्री सचिवालयका अनुसार ओलीले आज धनगढी हुँदै डडेलधुराको स्याउलेमा रहेको विद्युत् सव स्टेशनको दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले दिउँसो साँढे ३ बजे डोटीको विपी नगरमा सहजपुर-बोक्टान सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी ओलीले भोलि सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई बिहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले भोलि नै दिउँसो ११.३० बजे नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का सुदुरपश्चिमस्तरीय कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली भोलि नै काठमाडौं फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob