scheduleआइतवार जेष्ठ १२ गते, २०७६

बलात्कृत महिला बेहोस् अवस्थामा भेटिइन्

नवलपरासी, ७ फागुन । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–३ केउरानीमा मंगलबार बिहान बोल्न नसक्ने एक महिला बलात्कारको शिकार भएकी छिन् । प्रहरीका अनुसार अन्दाजी ५० बर्षकी महिला बलात्कृत भएकी हुन् ।

बलात्कारपछि ती महिला बेहोस् अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ती महिलाको दुम्कौली स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँच गराइएको छ भने प्रहरीले बलात्कारीको पहिचान गर्न सकेको छैन ।

घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob