scheduleशुक्रवार आश्विन ३ गते, २०७६

बेलायती रक्षा राज्यमन्त्री बुधबार नेपाल आउँदै, यस्तो छ नेपाल आउनुको कारण

काठमाडौं, ७ फागुन । बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेस्टर नेपालको चार दिवसीय भ्रमणमा बुधबार नेपाल आउँदैछन् । मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले उनी नेपाल आउन लागेका हुन् ।

नेपाल बसाइकाक्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्रीबीच भेटवार्ता हुने कार्यक्रमसमेत रहेको यहाँस्थित बेलायती राजदूतवासले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage