scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

ट्वाइलेट पेपर खोज्दा पाकिस्तानको झण्डा फेला परेपछि …


काठमाडौं, ७ फागुन । काश्मिरको पुलवामामा आतंककारी आक्रमणपछि गुगलमा ट्वाइलेट पेपर खोज्दा पाकिस्तानी झण्डा देखिन थाल्यो ।
भारतीयहरुले सामाजिक सञ्जालमा यस्तो नतिजा शेयर गरेर भाइरल हुन थाल्यो । यसभन्दा अगाडि गुगलमा भिखारी शब्द खोज्दा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्बिर देखाउने समस्या गुगलमा देखिएको थियो ।

यस्तो समस्या देखिएपछि पाकिस्तानले गुगलसँग आपत्ति जनाउने नै भयो । आखिर किन यस्तो भयो ? गुगगले मुख खोलेको छ । यसको कुनै प्रमाण नहुने गुगलको स्पतोक्ति रहेको छ । गुगलमा ‘बेस्ट ट्वाइलेट पेपर इन द वर्ल्ड’ खोज्दा पाकिस्तानको झण्डा देखिनुलाई कम्पनीको प्रवक्ताले भनेका छन्, ‘यस्तो सवालमाथि जाँच जारी छ । तर, अहिलेसम्म यससँग सम्बन्धित केही प्रमाण फेला परेको छैन ।’

विभिन्न सामाजिक सञ्जालहरुमा यस्तो नतिजाको स्क्रिन शट भाइरल हुन थाल्यो भने ट्विटरमा #besttoiletpaperintheworld ट्रेन्डिङ मै रह्यो ।
गुगलका प्रवक्ता भन्छन्, ‘जहिलेदेखि यो खबर भाइरल भयो त्यतिबेला देखि नै र्‍याङ्किङबारे परीक्षण जारी छ । गुगलको सर्च नतिजा अरबौं शब्दको र्‍याङकिङको आधारमा हुन्छ । यो र्‍याङकिङ सान्दर्भिकता र चर्चित हुने गुणजस्ता २०० कारण तय हुन्छ ।’

यसअघि पप्पू खोज्दा राहुल गान्धी, फेकु खोज्दा नरेन्द्र मोदी र इडियट खोज्दा ट्रम्प आउने समस्या थियो । यसबारे गुगलसँग भएको सोधपुछमा गुगलका अधिकारीले भने, ‘यो हाम्रो कारण होइन, एल्गोरिदमको आधारमा हुन्छ । यसमा गुगल कर्मचारीको केही हात हुँदैन ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob