scheduleशनिवार चैत्र ९ गते, २०७५

६ सचिवको सरुवा, को कहाँ ?

काठमाडौं, ८ फागुन  । सरकारले ६ जना सचिवको सरुवा गरेको छ । एक सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापन गरिएको छ ।  सहसचिव सूर्य गौतमलाई सचिवमा बढुवा गरी महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरिएको हो  ।

वाइडबडी  खरिद प्रकरणमा विवादमा मुछिएका कृष्णप्रसाद देवकोटा पर्यटन मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय पुगेका छन् ।  युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई पर्यटन मन्त्रालयमा ल्याइएको छ ।

यसरी नै गजेन्द्र ठाकुरलाई खानेपानी मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा, खानेपानी मन्त्रालयमा प्रधानमन्त्री कार्यालयका दीपेन्द्रनाथ शर्मालाई ल्याइएको छ ।

प्रधानमन्त्री कार्यालयका अर्का सचिव रेश्मीराज पाण्डे रक्षा मन्त्रालयमा सरुवा भएका छन् भने रक्षा मन्त्रालयका विष्णुप्रसाद लम्साल प्रधानमन्त्री कार्यालयमा पुगेका छन् ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob