scheduleसोमवार चैत्र ११ गते, २०७५

निर्मला पन्तका हत्यारालाई छिट्टै पत्ता लगाउने प्रधानमन्त्रीको आश्वासन

धनगढी, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारालाई छिट्टै पत्ता लगाएरै छाड्ने दाबी गरेका छन् । बुधबार सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त दाबी गरेका हुन् ।

उनले बालिका पन्तको बलात्कारपछि हत्या भएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएकोले छानबिन समिति र विभिन्न टोली गठन गरी काम भैरहेको बताए । उनले सरकारले छिट्टै अपराधी पत्ता लगाउने आश्वासनसमेत दिए ।

त्यस्तै उनले जनताका पक्षमा काम गर्न सबै सरकारी निकाय एवं निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob