scheduleशुक्रवार चैत्र ८ गते, २०७५

ओली सरकारको उपहारः नक्कली नागरिकताधारीलाई आयोगको अध्यक्ष !


काठमाडौं, ८ फागुन । सरकारले नक्कली नागरिकताधारीलाई मुस्लिम आयोगको अध्यक्षमा प्रस्ताव गरेको खुलासा भएको छ । मुस्लिम आयोगको प्रस्तावित अध्यक्ष समिम अन्सारीले पेश गरेको नागरिकतासम्बन्धी कागजात नक्कली भएको पुष्टि भएसँगै यस्तो खुलासा भएको हो ।

यसबारे संसदीय समितिमा परेको उजुरीमाथि अध्ययन गर्दा उनको नागरिकता नक्कली भएको पुष्टि भएसँगै सुनुवाई समितिले अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र माग गरेको छ ।

प्रारम्भिक अध्ययनका क्रममा समिमले संवैधानिक परिषदमा पेश गरेको नागरिकता र सरकारी ढड्डामा भएको तथ्यांक नमिलेको सुनुवाई समितिका एक सदस्यले जानकारी दिए ।

उनले पेश नागरिकताको फोटोकपीमा जन्ममिति ०३६ साल असोज २० गते र स्थायी ठेगाना काठमाडौं-९ उल्लेख गरिएको छ । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्राप्त कागजातमा भने उनको विवरण फरक छ । दुवैतिर कागजात अध्ययन गर्दा जन्ममिति र स्थायी ठेगनामा फरक परेको पाइएको छ ।

सुनुवाई समितिका एक सदस्यका अनुसार समिमको नागरिकता र शैक्षिक प्रमाणपत्र दुबै नक्कली भएको देखिन्छ । नागरिकता जारी गर्ने प्रमुख जिल्ला अधिकारीको नाम नभएको र जन्ममिति केरमेट गरेजस्तो देखिएको ती सदस्यको दावी छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob