scheduleशनिवार चैत्र ९ गते, २०७५

बैंकको २१% लाभांश पाउन बुक क्लोजको यो मिति जान्नुहोस्

काठमाडौं, ८ फागुन । कृषि विकास बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्न यहि फागुन १५ गते भित्र शेयरधनी बनिसक्नुपर्ने भएको छ । बैंकले साधारणसभा प्रयोजनका लागि फागुन १६ देखि चैत १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

बैंकले चैत १५ गतेका लागि साधारणसभा बोलाएको छ । बैंकले सर्वसाधारण शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र १५.०५३ प्रतिशत नगद लाभांश गरी कुल २१.०५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

त्यस्तै बैंकले नेपाल सरकारको अग्राधिकार शेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob