scheduleसोमवार भाद्र २ गते, २०७६

पशुपतिको गीतमाथि प्रधानमन्त्रीको टिप्पणी- जनताले मन पराएनन्


काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीत प्रकरणबारे बोल्दै पशुपति शर्माको गीतलाई जनताले मन नपराएको प्रतिक्रिया दिएका छन् । बुधबार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै उनले लोकगायक शर्माको नाम नलिई भने, ‘एउटाले भुलचुकले एउटा गीत बनायो अरे, लुट, लुट केही काम लाग्दैन, लुटेर खा भन्ने खालको ।’

उनले अगाडि थपे, ‘पछि जनताले तिम्रो गीत मन पराएनन् भनेपछि आफै युट्युबटबाट हटाए रे ।’ शर्माको ‘लुट कान्छा लुट’ बोलेको गीत हालै सार्वजनिक भएको थियो । नेकपाको युवा संगठन युवा संघको धम्कीपछि शर्माले उक्त गीत युट्यूबबाट हटाएका थिए । युवा संघले गीत नसच्याए बहिस्कार गर्ने धम्की दिएको थियो ।

सभामा शर्माको गीतमाथि प्रतिवन्ध लगाउन खोजेको भन्दै सरकारको आलोचना भएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage