scheduleसोमवार चैत्र ११ गते, २०७५

वडाध्यक्षद्वारा महिलामाथि कुटपिट, प्रहरीले उजुरी दर्ता गरेन


रुकुम (पूर्व), ८ फागुन । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका– ११ का वडाध्यक्ष जयकुमार बुढामगरले सोही वडा निवासी ४१ वर्षीया जयपुरा बुढामगरमाथि कुटपिट गरेका छन् ।

निर्माणाधीन महिला भवनलाई पक्की बनाउने विषयमा विवाद हुँदा वडाध्यक्षले जयपुरालाई कुटपिट गरेको बताइएको छ । वडाध्यक्षले आफूमाथि मोटरसाइकलको हेल्मेट प्रहार गरेको र ढुङ्गा भएको ठाउँमा धकेलीदिएको पीडित जयपुराले बताइन् । कुटपिटले शरीरको विभिन्न ठाउँमा चोटपटक लागेको छ ।

अहिले उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनी महिला विकास कार्यालयले गठन गरेको तत्कालीन पारालिगल समितिका सदस्यसमेत थिइन् । आफूमाथि कुटपिट भएपछि बुढाले इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । तर इलाका प्रहरी कार्यालयमा वडाध्यक्षले छलफल गर्न नमानेपछि उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन् । यस घटनाबारे आफूलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob