scheduleआइतवार भाद्र ८ गते, २०७६

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, ९ फागुन। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो पार्टी कार्यालय सानेपामा बस्दैछ । यसअघि फागुन १ गते बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले आज बिहीबार दिउँसो १ बजेका लागि अर्काे बैठक बोलाएको थियो ।

आजको बैठकमा पार्टीको विधान विवादका विषयमा छलफल हुने बताइएको छ । पार्टीको महाधिवेशनका लागि समावेशी समानुपातिक कोटाबाट कुनै पनि व्यक्ति एक पटक मात्रै छनोट हुने र प्रतिनिधिहरु वडाबाटै छनोट भएर आउने विषयमा विवाद रहँदै आएको छ ।

त्यस्तै बैठकमा नेविसंघका अध्यक्ष नैनसिंह महरले हालै राजीनामा दिएपछि नेविसंघलाई कसरी अघि बढाउने भन्ने विषयमा शीर्ष नेताहरुबीच छलफल हुने बुझिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage