scheduleबुधवार श्रावण १ गते, २०७६

अष्ट्रेलियामा नेपाली विद्यार्थी बिचल्ली पार्नेलाई कारबाही गर्न विवेकशील साझाको माग

काठमाडौं, ९ फागुन । विवेकशील साझा पार्टीले सरकारको लापरबाहीका कारण एक हजारभन्दा बढी नेपाली विद्यार्थीहरु अष्ट्रेलियामा बिचल्लीमा परेको आरोप लगाएको छ । एक विज्ञप्तिमार्फत उक्त पार्टीले अध्ययनका लागि भनेर अनुमति नै नभएका अष्ट्रेलियाका कलेजमा पठाइएका नेपाली विद्यार्थीको बिचल्ली भएको समाचारप्रति चिन्ता प्रकट गर्दै सरकारसँग छानिवनको माग गरेको छ । साथै लापरबाही गर्नेहरुलाई कडा कारबाही गर्न पनि उसले सरकारसँग माग गरेको छ ।

विवेकशील साझाले बिचल्लीमा परेका विद्यार्थीहरुको तत्काल उद्धार गर्न तथा अष्ट्रेलियन सरकारसँगको समन्वयमा उनीहरुको अध्ययनका लागि प्रवन्ध मिलाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।

उक्त पार्र्टीले अष्ट्रेलियास्थित गैर आवासीय नेपाली संघ लगायतका नेपाली सामाजिक संघसंस्थाहरुलाई समेत समस्यामा परेका नेपाली विद्यार्थीलाई आवश्यक सहयोग गर्न अनुरोध गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob