scheduleशनिवार जेष्ठ ११ गते, २०७६

जिनपिङले लञ्च गरे आफ्नो एप, यी हुन् विशेषताहरु

बेइजिङ, ११ फागुन । चिनियाँ कम्युनिष्ट पार्टीले एउटा यस्तो एप लञ्च गरेको छ जसमार्फत् चिनियाँ नागरिकले राष्ट्रपति सि जिनपिङसँग प्रत्यक्ष अन्तर्क्रिया गर्न सक्छन् र उनका प्रेरणादायी कुराहरु सुन्न सक्छन् ।
उक्त एपलाई लाखौं चिनियाँले डाउनलोड गरिसकेका छन् । उक्त एपमा कम्युनिष्ट नेताहरुको विचारहरु शेयर गर्नुका साथै क्विजका जवाफअनुसार निश्चित नम्बर पनि दिइरहिएको छ । चिनियाँहरुले उक्त एपमा लामो समय समय बिताउँदा यसको बदलामा केही उपहार पाउने विश्वास लिएका छन् ।

कतिपयले एप डाउनलोड गर्न दबाव महसुस गरेको प्रतिक्रिया दिए पनि धेरैले एपमार्फत् रोजगारी मिल्ने र करिअर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । सरकारका स्थानीय प्रतिनिधिले एप डाउनलोड गर्न जमेर प्रचार गरिरहेका छन् ।

एपको नाम शुक्शी कियांगुओ राखिएको छ जसको अर्थ हुन्छ चीनलाई बलियो बनाउने अध्ययन । अहिलेसम्म ४ करोड ४० लाख मानिसले उक्त एप डाउनलोड गरिसकेका छन् । उक्त एपलाई बेइजिङको किमाई टेक्नोलोजीले बनाएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob