scheduleसोमवार चैत्र ११ गते, २०७५

घुससहित पक्राउ परे विव्यस सदस्य चाैबे

सांकेतिक तस्बिर

तौलिहवा, ११ फागुन । कपिलवस्तुको यशोधरा गाउँपालिका–३ स्थित श्रीकृष्ण धार्मिक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य विजयनाथ चौबे  एक लाख घुससहित शनिबार पक्राउ परेका छन् । विद्यालयले आह्वान गरेको शिक्षक पदमा जागिर लगाइदिने शर्तमा सेवाग्राहीबाट सो रकम बुझ्दै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको हो ।

सदरमुकाम तौलिहवास्थित रेसुङ्गा होटलबाट समिति सदस्य चौबेलाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताए । पक्राउ गरिएका चौबेउपर थप अनुसन्धानका लागि आयोगको कार्यालय बुटवल लगिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob