scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

प्रिमियर लिग : बर्नलीसँग पराजित भयो टोटनहम


एजेन्सी, ११ फागुन । प्रिमियर लिगमा शनिबार भएको खेलमा बर्नलीले टोटनहमलाई घरेलु मैदानमा २-१ ले पराजित गरेको छ । तेस्रो स्थानमा रहेको टोटनहम हट्सपर बर्नलीसँग पराजित भएको हो ।

बर्नलीका जितका लागि क्रिस उडले ५७औँ र एस्ले बार्न्सले ८३औँ मिनेटमा गोल गरे । टोटनहमका लागि ६५औँ मिनेटमा ह्यारी केनले गोल गरे पनि उनको गोलले पराजय रोक्न सकेन ।

हारसँगै टोटनहम म्यानचेष्टर सिटी र लिभरपुलभन्दा अंक तालिकमा थप तल झरेको छ । अंक तालिकमा सिटी ६५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने एक खेल कम खेलेको लिभरपुल समान अंकसहित दोस्रोमा छ। २७ खेलबाट ६० अंक जोडेको टोटनहम तेस्रो स्थानमा छ भने सिजनको आठौँ जितसँगै २७ खेलबाट ३० अंक जोडेको बर्नली १३औँ स्थानमा उक्लन सफल भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय