scheduleआइतवार चैत्र १० गते, २०७५

ट्रम्प भेट्न २७ सय किमी रेलयात्रा गर्दै किम, पिता पनि डराउँथे प्लेनमा


हनोई, १२ फागुन । उत्तर कोरियाका तानाशाह किम जोंग उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच २७-२८ फेब्रुअरीमा भियतनाममा दोस्रो भेट हुँदैछ ।

किम भियतनाम ट्रेनबाट जाने सरकारी उत्तर कोरियाली सञ्चार माध्यमले जनाएका छन् । यसको लागि उनी झण्डै २७०० किमी यात्रा गर्दैछन् । उनले रेलयात्रा सुरु गरिसकेको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । भियतनामी अधिकारीहरु किमलाई स्वागत गर्न तयार भएर बसिसकेका छन् ।

किम र ट्रम्पबीच गत वर्ष जुनमा सि‌ंगापुरमा भेटघाट भएको थियो । उक्त भेटका लागि किम चिनियाँ विमानबाट गएका थिए ।
चीनको डानडोंग सहर उत्तर कोरियाको सीमा क्षेत्रमा पर्छ । त्यसैले किम भियतनाम चीन हुँदै जाने अनुमान गरिएको छ । यालू नदी चीन र उत्तर कोरियाको सीमाको भूमिकामा छ । भियतनामका सरकारी अधिकारीहरुका अनुसार कमि २५ फेब्रुअरीको साँझ अबेलासम्म हनोई पुग्नेछन् । चीनको सीमामै रहेको डोंग डांग स्टेशनमा उत्रिएपछि उनी हनोई कारमार्फत् जाने तयारी भएको छ ।

किमको सुरक्षाको लागि उच्च सतर्कता कायम गरिएको छ । २६ फेब्रुअरीमा त किम रहने इलाकाको १७० किमीसम्म सडक बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म बन्द नै गरिएको छ ।

किमको विदेश भ्रमण सँधैजस्तो गोप्य नै राखिन्छ । उत्तर कोरियाको राजधानी पुगेपछि मात्रै मानिसहरुलाई यसबारे जानकारी दिने गरिन्छ । हनोईमा किम मेलिया होटलमा रहने सम्भावना रहेको अधिकारीले जनाएका छन् । यद्यपि, किम र ट्रम्पको भेट भने सरकारी अतिथिगृहम नै हुनेछ ।

त्यसो त, किमका पिता किम जोंग इल र उनका हजुरबा किम इल सुंग पनि रेलबाट नै चीन जाने गर्दथे । रेल एकदमै बिस्तारै दौडाउने गरिन्थ्यो । यात्रा गर्नेहरुका लागि रक्सी लगायतका खानेकुराको व्यवस्था गरिन्थ्यो । किम जोंग इल त सधै‌ रेल मै यात्रा गर्दथे । किनकी उनलाई हवाइजहाजबाट यात्रा गर्न डर लाग्थ्यो ।

किम जोंग इललाई रेलभित्रै मनोरञ्जनको लागि केही महिलाको पनि व्यवस्था हुन्थ्यो । जसलाई लेडी कन्डक्टर्सको नामले जानिन्थ्यो । उक्त रेलको साथमा अरु दुई रेल पनि हुन्थे जसमा बृहत सुरक्षा र थप सुरक्षाकर्मीको व्यवस्था हुन्थ्यो साथमा साजसज्लाका सामान पनि ।
ट्रेनका हरेक डिब्बा बुलेटप्रुफ हुन्छ र एकदमै गह्रुंगो पनि । उनले आफ्नो किताबमा पनि लेखेका थिए कि उक्त रेलमा रुसी, चिनियाँ, जापानी र फ्रेञ्च खानाको व्यवस्था थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob