scheduleबिहिवार भाद्र ५ गते, २०७६

नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप

काठमाडौँ, १२ फागुन । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ । नेविसंघमा ३२ वर्षे हदबन्दीको पक्ष र विपक्षमा विद्यार्थी नेताहरु प्रदर्शनमा उत्रिएपछि झडप भएको हो ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुमाथि  प्रहरीले लाठीचार्ज समेत गरेको छ ।

नेविसंघका  सुशील भट्ट नेतृत्व समुहले तदर्थ समित बनाउँदा ३२ वर्षे हदबन्दी लागु हुने पर्ने माग गर्दै प्रदर्शन गरेको छ भने

उमेर हदको विपक्षमा ऋषिकेशजंग शाह नेतृत्वको टोलीले प्रदर्शन गरेको छ ।

प्रदर्शनकै कारण आज पार्टी कार्यालय प्रवेशमा कडाइ गरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage