scheduleआइतवार चैत्र १० गते, २०७५

विवादास्पद चलचित्र ‘ग्रीन बूक’ ले जित्यो ओस्कार पुरस्कार

हलिउड, अमेरिका, १३ फागुन । नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र ‘ग्रीन बूक’ ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ ।

यस चलचित्रमा सन् १९६० को दशकमा संयुक्तराज्य अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एकजना गोरा ड्राइभर र काला जातिका पियानो बादकबीचको प्रेममय सम्बन्धलाई कथावस्तुमा समेटिएको छ ।

अल्फोन्सो कुआरोनको उत्तिकै प्रभावशाली चलचित्र ‘रोमा’ लाई पछि पार्दै ग्रीन बूकलाई ओस्कार प्रदान गरिएको छ ।

ग्रीन बूकका पियानोबादकको भूमिकामा रहेका माहेरशाला अलिले उत्कृष्ट सहयोगी पात्र तथा ड्राइभरको भूमिका निर्वाह गर्ने भिग्गो मोर्टसेनले उत्कृष्ट नायकको पुरस्कार पाए । यस चलचित्रले पाँच वटा विधामा पुरस्कार प्राप्त गरेको थियो ।

‘यो चलचित्रको पूरै कथावस्तु प्रेमसँग जोडिएको छ । हामीबीच मतान्तर रहेपनि यसमा एकअर्काप्रति स्नेहभाव छ र हामी को हौं भन्ने सत्य उद्घाटित छ । हामी सबै एक हौं,’ हलिउडमा आयोजित पुरस्कार वितरण समारोहमा निर्देशक पिटर फारेलीले बताए ।

कथामा समेटिएका शर्ले र लीप दुबै असाध्यै मिल्ने साथी थिए, र उनीहरु दुबैको सन् २०१३ मा निधन भएको थियो । रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob