scheduleशुक्रवार चैत्र ८ गते, २०७५

जब यमराजले साधूलाई डाँकूको सेवा गर्न भने …

पुरानो समयमा एक डाँकु र एक प्रसिद्ध साधुको मृत्यू एकैदिन भएछ । दुवैको अन्तिम संस्कार पनि एकै घाटमा भयो । त्यसपछि उनीहरुको आत्मा यमलोक पुग्यो । यमराजले दुवैको कामको हिसाब-किताब हेरे र दुवैसँग भने, ‘तिमीहरु आ-आफ्नो कामको बारेमा केही भन्न चाहन्छौ ?’

डाँकुले विनम्रतापूर्वक भन्यो, ‘प्रभु म एक डाँकु थिएँ र जीवनभर मैले पाप गरे । तपाईं मेरो कर्मको जे फल दिनुहुन्छ, त्यो मलाई स्वीकार छ ।’
साधुले भने, ‘प्रभु, मैले आजीवन तप र ध्यान गरेँ । भगवानको भक्ति गरेँ । मैले जीवनमा कहिल्यै पनि कुनै पनि गलत काम गरेको छैन । सधैं धर्म-कर्ममा लागिरहेँ । यसकारण भगवान मलाई स्वर्ग पठाइदिनुहोस् ।’

यमराजले दुवैको कुरा सुने । उनले डाँकुलाई भने, ‘अबबाट तिमीले यी साधुको सेवा गर्नुपर्छ । यही तिम्रो लागि दण्ड हो ।’
डाँकु उक्त कामको लागि तयार भए । तर, यस्तो कुरा सुनेर साधु भने रिसाए ।

साधुले भने, ‘प्रभु, यो त पापी हो । यसको आत्मा अपवित्र छ । यसले जीवनमा कहिल्यै पनि राम्रो काम गरेको छैन । यसले मलाई छोयो भने मेरो धर्म नष्ट हुनेछ ।’

साधुको कुरा सुनेर यमराज रिसाए । उनले भने, ‘जुन व्यक्तिले जीवनभर मानिसको हत्या गरेको छ, सधैं मानिसमाथि शासन गरेको छ, उसको आत्मा अब विनम्र भइसक्यो । ऊ अब तिम्रो सेवा गर्न तयार छ । जबकि तिमीले जीवनभर भक्ति र तप गर्‍यौ तर, तिम्रो स्वभावमा अहंकार छ । मृत्यूपछि पनि तिमी विनम्र हुन सकेनौ । यसकारण तिम्रो तपस्या अधूरै छ । अब तिमी यो डाँकूको सेवा गर, यही तिम्रो सजायँ भयो ।’

शिक्षा- हामीले जीवनमा सधैं राम्रो काम गर्नुपर्छ तर, राम्रो काममाथि घमण्ड गर्नुहुँदैन । जो मानिस अहंकार गर्छ, उसको सबै राम्रा कुराहरु सकिन्छन् । व्यक्ति सधैं विनम्र रहनुपर्छ । तब मात्र उसलाई सुख मिल्छ ।

(लोकोक्तिमा आधारित कथा)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob