scheduleशनिवार फाल्गुन १७ गते, २०७६

अदालत नजिकै गोली चल्यो : तीनको मृत्यु, छ घाइते

जोहानेसवर्ग, दक्षिण अफ्रिका, १३ फागुन । दक्षिण अफ्रिकाको दर्बानस्थित उच्च अदालत रहेको भवनमा गोली चल्दा कम्तिमा तीन जनाको मृत्यु भएको र छ जना अन्य घाइते भएका यहाँको प्रहरी तथा स्वास्थ्य अधिकारीहरूले सोमबार जनाएका छन् ।

प्रहरी प्रवक्ता थेम्वेका एमबेलेले घटनाको पुष्टि गर्दै एएफपीसँग भने, ‘एक बन्दूकधारीले चलाएको गोली लागी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जना नगर प्रहरी रहेका छन् ।’

Dish_Home

‘मृतक अन्य दुई जना महिला रहेका छन् भने उनीहरूको सनाखत हुन सकेको छैन ।’ आकस्मिक उद्धार सेवाकी उद्धार परिचालन शाखाकी निर्देशक गारिथ यामिन्सनले भनिन्, ‘घाइते छ जनामध्ये पाँच जनालाई गम्भीर चोट लागेकाले अस्पतालमा उपचारका लागि पठाइएको छ ।’

उद्धारका लागि आफ्नो टोली तत्काल घटनास्थलमा पुगेको तर घटनास्थलमा रगतको आहाल देखिएको उनले बताए ।

गोली भवनको पहिलो तल्लामा चलेको र उक्त स्थान शहरको उच्च अदालतनजिकै रहेको सुरक्षाकर्मीले बताएका छन् ।

स्मरण रहोस, सोही शहरमा एक जना विदामा रहेका एक प्रहरीले गोली चलाउँदा सम्बन्धविच्छेद मामिला हेर्ने अदालतमा गोली चलाई सम्बन्ध विच्छेद गरेकी आफ्नी पूर्व श्रीमती र उनका भाइलाई हत्या गरेका थिए । रासस/एएफपी

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय