scheduleआइतवार चैत्र १० गते, २०७५

प्रदेश १ को नाम किराँत प्रदेश नै हुनुपर्छः मन्त्री आङ्बो


मङ्गलबारे, १५ फागुन । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी हिउँदे अधिवेशनबाट प्रदेशको नामाङ्कन र राजधानी टुङ्गो लगाउने बताएका छन् । इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पाको रूपाटारमा निर्माण गरिएको सिद्ध किराँत हाङसाम युमा माङहिम (मन्दिर) को मङ्गलबार उद्घाटन गर्दै मन्त्री आङ्बोले प्रदेशको नामाङ्कन र राजधानी सहमति र समझदारीमा टुङ्गो लगाउने बताएका हुन् ।

पहिचानको आधारमै प्रदेशको नामाङ्कन गर्दा किराँत प्रदेश हुनुपर्नेमा आफूले जोड दिएको स्पष्ट पारे । प्रदेश सरकार अहिले हिउँदे अधिवेशनबाट आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम बनाउने काममा लागिपरेको जनाउँदै उनले आगामी वर्षको बजेटमा यस क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत जनाए ।

पाँच वर्षको अवधिमा प्रदेश नं १ मा कोही पनि जनता भोकमरी, आवासविहीन भएर बाँच्नु नपर्ने बताउँदै उनले प्रदेश सरकार समृद्धि र विकासको पक्षमा अघि बढिरहेको उल्लेख गरे । धार्मिक तथा पर्यटकीयस्थलहरूको विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उनको भनाइ थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob