scheduleमगलवार जेष्ठ ७ गते, २०७६

मदिरा पिएर श्रीमती बलात्कार गर्ने श्रीमान पक्राउ


अछाम, १५ फागुन । श्रीमतीलाई जबरजस्ती करणी गर्ने एकजना पक्राउ परेका छन् । श्रीमानले मादक पदार्थ सेवन गरी शारीरिक रुपमा यातना दिई पटक पटक ईच्छाविपरित जबरजस्ती करणी गर्दै आएका साफेंबगर नगरपालिकाका एक जनालाई प्रहरीले उजुरीको आधारमा पक्राउ गरिएको छ ।

श्रीमतीले प्रहरी कार्यालयमा श्रीमानविरुद्ध मुद्दा दर्ता गराएकी हुन् । उनले श्रीमानलाई पक्राउ गरी कानुनबमोजिम हदैसम्मको सजाय गर्न भनी मुद्दा दर्ता गराएकी छिन् । पक्राउ पर्ने श्रीमानलाई हिरासतमा राखी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी जनक बहादुर शाहीले जानकारी दिए ।

वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीको ईच्छाविपरित जबरजस्ती गरेमा ५ वर्षसम्म कैद हुने मुलुकी अपराध संहिता ऐन २०७४ मा उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob