scheduleशुक्रवार जेष्ठ १६ गते, २०७७

सांसद तामाङले बुझाए स्पष्टीकरण, भन्छन्- नयाँ शक्तिकै सदस्य भएर काम गर्छु

काठमाडौं, १५ फागुन । नयाँ शक्ति पार्टी, नेपालबाट निर्वाचित प्रदेश सभाका सांसद प्रेम तामाङले पार्टीलाई स्पष्टीकरण बुझाएका छन् ।

यसअघि कांग्रेस प्रवेश गर्ने भन्दै चर्चा भएपछि र लामो समयसम्म पार्टी सम्पर्कमा नआएपछि नयाँ शक्तिले उनलाई पार्टीका जिम्मेवारीबाट मुक्त गर्दै तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।

Dish_Home
यो पनि पढ्नुहोस्-

नयाँ शक्तिद्वारा सांसद तामाङलाई कारबाही, जवाफ दिन तीन दिनको समय

फागुन १३ गते नयाँ शक्तिबाट विजयी सांसद तामाङ र नेताहरु पार्टी प्रवेश गराउने उद्देश्यसहित दलबलसहित रसुवा पुगेका कांग्रेस सभापति देउवा निराश भएर काठमाडौं फर्किएका छन् । कानुनीरुपमा नयाँ शक्ति छाडेपछि सांसद पद जाने भएपछि सांसद तामाङ कार्यक्रमस्थलबाट बाहिरिएको सञ्चारमाध्यमले खबर लेखेका थिए ।

सांसद लिन गएको कांग्रेसको जम्बो टोली रित्तो हात फर्कियो

नयाँ शक्ति स्रोतका अनुसार फागुन १४ गतेको मिति रहेको स्पष्टीकरण पत्रमा तामाङले यसअघि पार्टीले लगाएका आरोपहरु अस्वीकार गरेका छन् । एक नेताले भने, ‘उनले बुझाएको स्पष्टीकरणमा नयाँ शक्ति पार्टी परित्याग र प्रवेश सन्दर्भमा केही व्यक्ति विशेषबाट सामाजिक सञ्जालमा लगाइएको आरोपलाई नियोजितरुपमा उनको राजनीति समाप्त गर्ने उद्देश्यद्वारा गरिएको हर्कत भनेका छन् ।’

स्पष्टीकरणमा सांसद तामाङले यस्तो कुरा आफूले आधिकारिक रुपमा कतै पनि व्यक्त नगरेको भन्दै आफ्नो बचाउ गरेका छन् । ‘म पार्टीको सं‌स्थापक सदस्य हुँ र नयाँ शक्तिको संस्थापक सदस्य भएर नै रसुवाली जनताको सेवामा विगतमा झैं समर्पित भएर रहिरहनेछु,’ सांसद तामाङको स्पष्टीकरण उद्धृत गर्दै एक नयाँ शक्तिका नेताले बताए ।

सांसद तामाङले स्पष्टीकरणमा आफूले यसअघि नै पार्टीसँग केही असहमति रहेका कारण केन्द्रीय कार्यकारिणी सदस्यबाट राजीनामा दिइसकेको सन्दर्भ स्मरण गराएको ती नेताले बताए । उनले पार्टी र सामाजिक सञ्जालमा आफूप्रति लगाइएको आरोपको छानबिन गर्न पनि माग गरेका छ्न् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय