scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

कति पर्छौ पर पानी कति पर्छौ पर

कविता

बिनाराम खड्का

यो सालको मौसम पनि गर्नुसम्म गर्‍यो
बर्खामासमा पर्ने पानी पुस महिनामै पर्‍यो
बल्लतल्ल घामको झुल्को झ्याम्मै बादल लाग्छ
पर्न थाल्छ फेरि पानी अन्धमुष्ट हुन्छ
कति पर्छौ पर पानी कति पर्छौ पर
साउन भदौ देख्ने छैनस् फागुनभित्रै पर ।

मौसविद् नि दिक्क भए अनुमान फेल खान्छ
फाट्छ आकाश भन्दाभन्दै गड्याङ्ग गुडुङ्ग गर्छ
सेताम्मै ति हिमाल पनि जाडोले काँप्न थाले
पटक पटक पर्ने हिउँले कठाङ्ग्रिन थाले
कति पर्छौ पर पानी कति पर्छौ पर
साउन भदौ देख्ने छैनस् फागुनभित्रै पर ।

धेरै जाडो भएपछि शिरक कम्बल हैरान
बाक्ला जकेट ट्राउजर मोजा छोड्न लागे प्राण
बाह्रै महिना पानी पर्ने कस्तो जलवायू
सिरिसिरी मुटु काँप्दै कति बाँच्ला आयू
कति पर्छौ पर पानी कति पर्छौ पर
साउन भदौ देख्ने छैनस् फागुनभित्रै पर ।

बाटोघाटो हिलो मात्रै चिप्ली मरीन्छ कि
लुगाभित्र लुगा लाउँदै घाँटी सुम्किन्छ कि
अफिस जाउँ पानी पानी फिल्ड जाउँ उस्तै
काम सबै असरल्ल समायोजन जस्तै
कति पर्छौ पर पानी कति पर्छौ पर
साउन भदौ देख्ने छैनस् फागुनभित्रै पर ।

उकुसमुकुस हुन्छ पीडा प्रकृतिको खेल
तँलाई बर्षा भन्दैनन भाई फटाह जाली झेल
मन्त्री बादल सरकार त्यत्रो टेर्‍या छैनस् किन
विप्लव बनी ठोक्न आउँछु देख्लास् कुनै दिन
कति पर्छौ पर पानी कति पर्छौ पर
साउन भदौ देख्ने छैनस् फागुनभित्रै पर ।

अब गर्न छोड्दे सगर हिउपानीको खेती
केही न केही त बुझिस होला भने पछि यति
समायोजन लाले पन्डित अनि तेरो ताल
अन्धकारमै डुब्ने भयो पचहत्तर साल
कति पर्छौ पर पानी कति पर्छौ पर
साउन भदौ देख्ने छैनस् फागुनभित्रै पर ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage