scheduleसोमवार भाद्र २ गते, २०७६

विमानस्थलमै सुरक्षा समितिको बैठक


सुकेटार, १६ फागुन । दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । आवश्यक कानूनी प्रक्रिया पूरा हुनेवित्तिकै शव काठमाडौँतर्फ पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताएका छन् । उनका अनुसार मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाडौँ पठाइनेछन् ।

ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको छ ।

हिजो बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटनाग्रस्त हुँदा सबै सातजनाको निधन भएको थियो । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage