scheduleमगलवार जेष्ठ ७ गते, २०७६

रोकिएन टिपर आतंक, ६ वर्षीय शुभमको मृत्यु

फाइल फोटो

लम्की, १६ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडमा टिपरको ठक्करबाट बिहिबार एक बालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१क ३२८ नं को टिपरले ठक्कर दिँदा घोडाघोडी नगरपालिका–१ सुख्खड पिपलडाँडाका ६ वर्षीय शुभम बस्नेतको मृत्यु भएको हो । उनलाई सडक पार गर्ने बेला टिपरले ठक्कर दिएको थियो ।

बस्नेतको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । टिपर चालक कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीका ४३ वर्षीय हिरासिंह धानुकलाई इलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob