scheduleशनिवार श्रावण ४ गते, २०७६

शाकाहार प्रचार गर्ने कम्पनीका मालिकले अण्डा खाएपछि …


वासिङ्गटन, १७ फागुन । शाकाहार भोजनको प्रचार गर्ने एक कम्पनीका ३० वर्षीय मालिक टिम शीफलाई नोकरी छाड्न भनिएको छ । टिम युट्युबमा शाकाहार भोजनको प्रचार गर्ने भिडियो पोस्ट गर्ने काम गर्दथे । उनले शाकाहारी खानपिनको प्रचार गर्ने कम्पनी इटिएचसीएस पनि बनाएका थिए । तर, उनलाई काचो अण्डा र साल्मन माछा खाएको आरोप लगाएको छ । कम्पनीले उनले यस्तो खाएको स्वीकार गरेको छ ।

टिमले नोभेम्बरमा एउटा भिडियो सन्देश दिँदै स्वास्थ्य राम्रो बनाउनका लागि उनले शाकाहार भोजन बन्द गर्न लागेको बताएका थिए । उनी दौडका लागि विश्व च्याम्पियन बनिसकेका छन् । उनले ३५ दिनसम्म पानी नपिएर पानी उपवास गर्ने काम पनि गरिसकेका छन् । यति मात्र होइन, उनी डिस्टिल्ड पानी मात्रै पिउँछन् ।

उनको दिमागमा मांशाहारबारे कुरा उठ्न थाल्यो र एकदिन खानामा साल्मन माछा ल्याए । उनले शाकाहार प्रचार गर्ने टिम तीन वर्ष अगाडि बनाएका थिए । टिम आफैं मांशाहारी भएपछि उनको कम्पनीका कर्मचारीहरुले माफी मागेका छन् ।

उक्त च्यानलमा शाकाहार, उपवास र मुत्रसेवनको प्रचार गर्दछन् । टिमको दावी छ कि उनले दुई वर्षदेखि आफ्नो पिसाब सेवन गर्दै आएका छन् ।

टिमको मांशाहार भोजनबारे कम्पनीले भनेको छ, ‘उनले लामो समयदेखि शाकाहारको प्रचार गरे । उनले धेरै मानिसलाई शाकाहारी बन्न उत्प्रेरित पनि गरे । तर, उनको बदलिएको जीवनका कारण हामी उनलाई सँगै राख्न सक्दैनौं । हामी सबै कयौं वर्षदेखि शाकाहारी छौं र यसैको प्रचार पनि गरिरहेका छौं । यही अनुसारको नैतिक जीवनशैली बनाउनु हाम्रो लागि महत्वपूर्ण सवाल हो । राम्रो यही हुन्छ कि टिमले यो कम्पनी छाडून् ।’

टिमले पनि कम्पनी छाडिदिने निर्णय गरेका छन् । उनले पहिले शाकाहारी हुनु धेरै साहसिक काम हो । उनले भनेका थिए, ‘मैले कम्पनीको स्थापना यसकारण गरेकी थिएँ कि मभित्र शाकाहारिताको लागि एउटा जुनुन थियो । तर, मैले आफ्नो शरीरको माग सुनेँ । मेरो शरीरले मलाई दोस्रो बाटो रोज्न सुझायो । अब मेरो विश्वास अरु कुनै कुराप्रति रह्यो । मेरा जति पनि साथीहरुले यो कम्पनी बनाउन सहयोग गरे, उनीहरु आज पनि शाकाहारी हुन् । मेरो फैसलाबाट सबै आश्चर्यचकित छन् ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob