scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

उत्तर कोरिया-अमेरिका वार्ता असफल भएपछि दक्षिणको यस्तो प्रतिक्रिया


सोल, १७ फागुन । दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार राष्ट्रपति मून जाए–इनले “असफल देखिएको” उत्तर कोरिया र अमेरिकाबीचको वार्तालाई पुनः सही मार्गमा ल्याउन दक्षिण कोरियाले मध्यस्थता गर्ने बताएका छन् ।

कोरियाको स्वतन्त्रता दिवसका अवसरमा मन्तव्य राख्दै राष्ट्रपति मूनले हनोई शिखर वार्ता असफल नभएको चर्चा गर्दै वार्तामा अर्थपूर्ण प्रगति भएको बताए ।

उनले भने, ‘वार्तामा दुई मुलुकबीच सम्पर्क कार्यालय खोल्ने बारेमा छलफल भएको छ, र दुई देशबीचको सम्बन्धलाई सामान्य बनाउन यो निकै महत्वपूर्ण कदम हो । मैले राष्ट्रपति ट्रम्पलाई निकै विश्वास गरेको छु । उहाँले वार्तालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ र निकै सकारात्मक धारणा राख्नुभएको छ ।’

उनले अगाडि थपे, ‘अब हाम्रो भूमिका अझ बढेर गएको छ । मेरो सरकारले संयुक्तराज्य अमेरिका र उत्तर कोरियासँग अझ नजिकको सञ्चार तथा सहयोगात्मक सम्बन्ध विस्तार गर्नेछ । कुनै पनि किसिमले दुई मुलुक सहमतिमा पुगुन् भन्ने मेरो धारणा छ ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob