scheduleसोमवार श्रावण ६ गते, २०७६

सामाजिक सञ्जालमा कर लगाएपछि हजारौं मानिस सडकमा, लाखौंद्वारा इन्टरनेट बन्द


कंपाला, १७ फागुन । संसारको कुनै पनि देशमा सायद यस्तो घटना पहिलो हुनसक्छ । अफ्रिकी देश युगाण्डामा सामाजिक सञ्जालको प्रयोगमा कर लगाइएको छ । यसको प्रतिक्रियास्वरुप लाखौं मानिसले इन्टरनेटको प्रयोग नै बन्द गरिदिएका छन् ।

विपक्षी दलहरु र आम नागरिकले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई रोकेको र आफ्नो विरोध रोक्नको लागि यस्तो कदम उठाएको आरोप लगाएका छन् ।

युगाण्डा सरकारले फेसबुक लगायत ६० सामाजिक सञ्जाल प्रयोग गर्दा प्रतिदिन १०० सेन्ट कर तिर्नुपर्ने बताएको छ । राष्ट्रपति योवेरी मुसेवेनीले अनावश्यक फण्डा र हल्ला रोक्नका लागि यस्तो करको प्रस्ताव जुलाईमा राखेका थिए । यस्तो करको दायरामा फेसबुक, वाट्सएप र ट्वीटर लगायत ६० सामाजिक सञ्जालहरु पर्छन् । सरकारको यस्तो निर्णयसँगै झण्डै २५ लाख नागरिकले इन्टरनेटको प्रयोग नै बन्द गरिदिएका छन् ।

डेली मेलमा प्रकाशित खबरका अनुसार अहिले पनि देशका १२ लाख मानिसहरु कर तिरेर पनि सामाजिक सञ्जाल चलाइरहेका छन् । तर, सरकारको यस्तो निर्णयको विरुद्धमा हजारौं मानिसहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् ।

यति मात्र होइन, सामाजिक सञ्जालमा कर लगाउँदा त्यहाँको अर्थतन्त्रलाई पनि धक्का पुगेको छ । काम कम भएपछि त्यहाँका कतिपय कम्पनीले कर्मचारी कटौती गर्न थालेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob