scheduleसोमवार आश्विन ६ गते, २०७६

बलात्कार घटनाका अभियुक्तलाई दश वर्ष कैद


काठमाडौँ, १७ फागुन । ललितपुर जिल्ला अदालतले गोदामचौर बलात्कार घटनाका तीन अभियुक्तलाई जनही दश वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

न्यायाधीश धनसिंह महराको इजलासले शुक्रबार सामूहिक बलात्कारको घटनाका अभियुक्त रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई दोषी ठहर गर्दै जनही दश वर्ष कैद सजायको फैसला सुनाएको जिल्ला अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीले जानकारी दिए ।

गोदावरी नगरपालिका–१ गोदामचौरमा २०७४ साल मङ्सिर २ गते सामूहिक बलात्कारमा परेकी गोदामचौरकी २१ वर्षीया युवतीको मुद्दाको सुनुवाइपछि सो फैसला सुनाइएको हो । दोषीलाई कैद सजायसहित ज्यान मार्ने अभियोगमा उनीहरुबाट पीडितलाई जनही रु एक लाख क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको छ ।

सामूहिक बलात्कारपछि ज्यान मार्ने मनसायले युवतीको टाउकोमा ढुङ्गा प्रहार गरेको अनुमान गरी फालेका थिए । युवतीलाई बेहोस भएको अवस्थामा घटना भएको भोलिपल्ट तोरीबारीमा भेटिएको थियो । युवतीले घटनाअघि नै अभियुक्तहरुको अनुहार चिनेको हुँदा तीनै जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage