scheduleआइतवार भाद्र ८ गते, २०७६

जीप दुर्घटनामा सात महिलासहित ११ जनाको मृत्यु


दार्चुला, १८ फागुन । दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार जीप दुर्घटना भएको छ । राति करिब ८ बजेतिर जिप दुर्घटना हुँदा एक नाबालाकसहित ११ जनाको
घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म१ज २८० नं. को जीप महाकाली नदीमा खसेको हो । १२ जना सवार जिपका चालक दिपकसिंह धामी गम्भीर घाइते भएका छन् ।

सख्त घाइते जीप चालक दीपकसिंह धामीलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए । जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको थियो । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ ।

तिंकर सडकको सबैभन्दा जोखिमयुक्त ठाउँ भएकाले उक्त क्षेत्रमा बढी जसो यात्रुहरु उत्रिने र सवारी साधन खाली लगेर पछि फेरि बस्ने गर्थे । तर, केही सवारी भने यात्रु नओराली आवात जावत गर्थे । प्रशासनले खाली जिप र ट्याक्टरहरुमा गुड्न दिने भनेपनि सवारी धनीहरुले यात्रुहरुलाई बोक्ने गरेकोले ठूलो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अहिले उद्धार चलिरहेको र उद्धारमा स्थानीयवासी, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् । जिप चालक दीपक धामी घाइते छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage