scheduleमगलवार जेष्ठ ७ गते, २०७६

जिल्ला पस्दै लेखा समिति


रुपन्देही, १८ फागुन । प्राकृतिक स्रोत साधन सम्बन्धमा भइरहेको अनियमितता अनुगमनका लागि प्रदेश ५ को प्रदेशसभा अन्तर्गत सार्वजनिक लेखा समिति जिल्ला जाने भएको छ ।

अनुगमनका लागि फागुनको २५ गते प्रदेशका छ जिल्लामा जाने निर्णय भएको समितिका सभापति डिल्लीबहादुर चौधरीले जानकारी दिए ।

समितिले पहिलो चरणमा प्रदेशका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी, रुपन्देही जिल्ला अनुगमनका लागि समितिका सदस्यको जिम्मेवारी बाँडफाँट गरेको छ । समितिले एक हप्ताको समय अवधिमा जिल्लाको वस्तुस्थिति बुझेर प्रतिवेदन तयार गर्ने छ ।

जिल्लामा वन जङ्गल खनिज पदार्थ दुरुपयोग भएको र ढुङ्गा, गिट्टी बालुवा निकासी र इँटा उद्योग मापदण्डअनुसार चले/नचलेको जिल्लामै पुगेर अनुगमन गरी यथार्थ पत्ता लगाउने सभापति चौधरीले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob