scheduleआइतवार भाद्र १ गते, २०७६

काठमाडौंका मगन्ते र सडक बालबालिका सरकारको निशानामा

काठमाडौं, १८ फागुन । देशकै राजधानी काठमाडौंका सडक मगन्ते (भिखारी)रहित बनाइने भएको छ । त्यसका लागि प्रहरीले अभियान सुरु गरेको छ । सडकमा हिँड्ने बटुवालाई अनावश्यक दुःख दिने मात्र नभई सहरको सभ्यतामाथि नै प्रश्न उठ्न थालेपछि प्रहरीले मगन्तेलाई पक्राउ गर्न थालेको छ ।

प्रहरीले मन्दिर र सडकमा माग्न बसेकालाई पनि हटाउने भएको छ । सडकमा बस्ने मगन्ते लागुऔषध दुर्व्यसनीदेखि अपराधमा समेत संलग्न रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिन थालेको हो ।

काठमाडौंमा मात्रै चार सयभन्दा धेरै मगन्ते रहेको, भारतमा मगन्तेहरु संगठित रहेको र सडक बालबालिकालाई पनि पक्राउ गरिएको र पक्राउ परेका बालबालिका पुनर्स्थापना केन्द्रमा राखिने लगायतका खबर नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage