scheduleमगलवार भाद्र ३१ गते, २०७६

समृद्धिका लागि सामाजिक जागरण आवश्यक छः गृहमन्त्री थापा


भक्तपुर, १८ फागुन । गृहमन्त्री रामबहादुर थापाले सुखी नेपाली र समृद्ध नेपालको अभियान साकार पार्न सामाजिक जागरण आवश्यक रहेको बताएका छन् ।

शनिबार चौथो नेपाल लायन्स महोत्सव (फेस्टिबल) भक्तपुरको उद्घाटन गर्दै उनले राजनीतिक परिवर्तनपछि समृृद्धि र विकासका लागि सामाजिक जागरण आवश्यक रहेको बताएका छन् ।

लायन्स क्लबले सामाजिक कार्यमार्फत युवालाई देशको समृद्धि, व्यक्तित्व विकास र सामाजिक कार्यमा संलग्न गर्दै आएको आफूले पाएको बताउँदै उनले युवाका माध्यमबाट नै शान्ति र समृद्धि सम्भव भएको उल्लेख गरे ।

आन्तरिक पर्यटन प्रबर्द्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ शुरु भएको महोत्सवमा देशभरका हजारौं लायन्स सदस्य र गैरलायन्सका व्यक्तिको सहभागिता रहेको संयोजक नवीन प्रजापतिले जानकारी दिए ।

महोत्सवमा भक्तपुरको पहिचान बोकेका कला, संस्कृति, परम्परागत नृत्य तथा पहिरन प्रस्तुत गरिएको छभने काठमाडौँ रङ्गशालाबाट सडक सुरक्षाको नारासहित कार र्‍यालीको समेत आयोजना गरिएको छ ।

महोत्सवमा भक्तपुरको सांस्कृतिक झाँकी, नृत्य, माटोको भाँडा बनाउने, परम्परागत कपडा बुन्ने, नेवारीलगायत परम्परागत खानाको स्टल, जुजु धौ, चर्चितगायक गायिकाको प्रस्तुति, विभिन्न खेललगायतका करीब ६० वटा स्टल रहेको छ । यहाँ प्रतियोगितात्मक एवं मनोरञ्जनात्मक खेल आयोजना गरिएको छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage