scheduleआइतवार चैत्र १० गते, २०७५

भारतमा भड्काउने पत्रकारिता, कसलाई भइरहेछ फाइदा ?

भारत-पाकिस्तानबीच जस्तो सम्बन्ध छ, त्यसबारे भइरहेको मिडिया कभरेज कहिल्यै पनि सन्तुलित र वस्तुनिष्ठ रहेन । यो पनि सत्य हो कि युद्ध र युद्धोन्माद जस्तो अरु केही बिक्दैन ।

यो सुपरहिट मसला हुन्छ र संसारभरका मिडिया यसको प्रयोग आफ्नो लोकप्रियता र नाफा बढाउनको लागि गर्छन् । भारत र पाकिस्तानका मिडिया पनि यही गरिरहेका छन् ।

यसका बावजुद पनि भन्न जरुरी छ, १४ फेब्रुअरीमा पुलवामामा सिआरपीएफका ४० भन्दा बढी सैनिक जवानको हत्यादेखि अहिलेसम्म मिडिया कभरेजले पत्रकारिताको नयाँ रेकर्ड बनाउनेजस्तो रह्यो ।

यसले पत्रकारिताको तमान नियन्त्रण रेखाहरुको उल्लंघन गरेर एकदमै बदनामी कमाएको छ । यसमा केही आशंका छैन कि यो पत्रकारिताको लागि सबैभन्दा नराम्रो समय हो ।
यही कारण, आज धेरै बकबक गर्ने र भड्काउने कार्यक्रम प्रस्तोतालाई खलनायकको रुपमा हेर्न थालिएको छ । उनीहरुको चौतर्फी निन्दा र भर्त्सना भइरहेको छ ।

उनीहरुको कामले अन्तर्राष्ट्रिय स्तरमा पनि भारतीय मिडियाको खिल्ली उडाइएको छ । तर, यो कुरा केवल भारतीय मिडियामा मात्र होइन, पाकिस्तानी मिडियाका लागि पनि उत्तिकै सही हो । धेरथोर उनीहरुको पनि उस्तै अवस्था छ ।

टिभीमा चिल्लाउने, बदला लिनका लागि जनतालाई उक्साउने र सरकारमाथि दबाव बनाउने टिभी च्यानल रगतका लागि तिर्खाएजस्तो भएका छन् ।

उनीहरुलाई शान्तिको हरेक कुरा अनावश्यक लागिरहेका छन् । उनीहरु हरेक त्यस्ता आवाजलाई तुरुन्त दबाउनका लागि तयार रहेका छन्, जसले अन्धराष्ट्रवाद र युद्धको विरोध गरेको जस्तो मात्रै देखिन्छ ।

एकतर्फी समाचार
पछिल्लो आधा महिनामा मिडियामा झूठो र अधकल्चो सामग्री प्रस्तुत गर्न नयाँ कीर्तिमान रचिएको छ । यसले देखाउँछ, उनीहरु कति गैरजिम्मेवार हुन सक्छन र यस्तो गर्दा उनीहरुलाई कति पनि लाज लाग्दैन । एकतर्फी र झूटो सामग्री प्रसारणका लागि उनीहरुले नयाँ उदाहरण बनाएका छन् । यसले ती पत्रकारहरुलाई लज्जित बनाएको छ, जो पत्रकारितालाई एक पवित्र पेशा मान्छन् र त्यसको लागि मर्न र बाँच्न पनि तयार हुन्छन् ।

सत्य त यो हो कि यसक्रममा उनीहरु मिडियाको तर्फबाट काम गरिरहेका थिएनन्, उनीहरु एउटा प्रोपोगण्डा मेसिनमा बदलिएका थिए । उनीहरु सत्ता र उनीहरुलाई सघाउने विचारधारासँगै उभिए, उनीहरुकै प्रचार प्रसार गरे । बिना हिच्किचाहट देशभक्तिको नाममा युद्धोन्माद फैलाइरहेका थिए ।

पत्रकारिताको सर्वमान्य मान्यताको उनीहरुलाई कति पनि मतलव छैन । उनीहरु मनगढण्ते र अपुष्ट खबरलाई ध्रुवसत्यको रुपमा प्रचार गरिरहेका छन् । पुलवामा हमलासँग जोडिएका उनीहरुको अधिकांश सामग्री झूटो सावित भए । न त त्यहाँ साढे तीन सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको थियो र न त त्यहाँ उनीहरुले हल्ला गरेको साधन वा विमान नै ।

यस्तै पाकिस्तानी मिडिया पनि पुलवामामा भएको आतंकवादी घटनाको निन्दा गर्नको लागि पनि तयार देखिएनन् । जैश-ए-मोहम्मदद्वारा हमलाको जिम्मेवारी लिएपछि पनि उनीहरुका लागि उक्त रक्तपात कश्मिरको स्वतन्त्रताको लडाईं नै थियो । यति मात्र होइन, उनीहरुले यसप्रकाको शंका पनि सुरु गरे कि मानौं भारतको सत्तारुढ दलले चुनाव जित्नको लागि यस्तो घटना घटायो ।

प्रश्न गर्न बिर्सिएको मिडिया
पुलवामा हमलापछि भावना भड्काउने प्रक्रिया सुरु भयो । भारतीय मिडियाले खासगरी मृत जवान र अन्तिम संस्कारको दृश्यलाई बढाई चढाई गरेर देखाए ।

पक्का पनि यसको फाइदा सत्तारुढ दललाई हुनु थियो किनकी उसको नेता अन्तिम संस्कारमा सहभागी हुन पुगेका थिए । सैनिकको परिवारसँग उनीहरु बदला लिने बयान दिइरहेका थिए ।

दुर्भाग्य यो रह्यो कि मिडियाले प्रश्न गर्न बिलकुलै बिर्सियो जबकि उसको यो सबैभन्दा ठूलो काम हो ।

उसलाई यादै भएन वा यसलाई बिर्सिदिनु नै उपयुक्त लाग्यो कि केही त जासुसी संयन्त्रको बारेमा पनि प्रश्न गर्नुपर्छ । सरकारलाई मिडियोले सोधेको प्रश्न यस्तो थियो- सेनाको क्याम्पमा एकपछि अर्कोठूला हमला भइरहेको छ तर सरकार किन केही गर्न सकिरहेको छैन ?

उनीहरुले यस्तो प्रश्न गरेर उनीहरुलाई धम्क्याइरहेका छन् जसलाई यस्तो प्रकारको सवाल गर्ने हरकत गरिरहेका छन् । यहाँ उनीहरुले सिधै वा अप्रत्यक्षरुपमा पाकिस्तान समर्थकलाई गद्दारसम्म घोषित गरिदिएका छन् ।

कयौं पत्रकारहरुको टेलिफोन नम्बर नै सार्वजनिक गरिदिएका छन्, जसलाई उनीहरुले धम्क्याउनु छ । सामाजिक सञ्जालमा उनीहरुमाथि भद्दा गालीको बर्षा गराउन थालियो ।

हिन्दी मात्रै होइन, अंग्रेजी च्यानल पनि यस्तो घृणित अभियानमा संलग्न छन् । रिपब्लिक टिभी यि सबैमा बाजी मारिरहेको छ । जिन्यूज, इन्डिया टिभी, टाइम्प नाउ, सबै नै राष्ट्रोन्माद फैलाउनमा लागेका छन् । प्रिन्ट मिडियामा भने थोरै संयमता देखिएको छ, तर दैनिक जागरण र कुछ क्षेत्रीय अखबारमा पनि त्यस्तै उन्माद देखिएको छ ।

अबर र च्यानल दुवैको भाषा एकदमै बदलिएका छन् । उनीहरु एकदमै सनसनीपूर्ण, उत्तेजना र उन्मादले भरिएका छन् । कुनै कुनै भाषाहरुले त गालीको पनि सीमा छुने लागिरहेका छन् । उनीहरुको पाकिस्तानलाई शैतान, नक्कली जस्ता शब्दद्वारा सम्बोधन गरिरहेका छन् । पाकिस्तानमा पनि भारतीयका लागि यस्तै मुखमुखै लाग्ने बोली बोलिरहेका छन् ।

झुटो खबरको सहारा
पुलावामा हमलाको १२ दिनपछि जब भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा हमला गरे तब युद्धोन्मादी कार्यको नयाँ चरण सुरु भएको छ ।

भारतीय मीडिया मानौं उत्साहमा कमजोर भएको छ ! एंकरहरु स्टुडियोभित्रै ताल ठोक्न थाले । उत्सव मनाउन थाले । उनीहरु युद्धको माग गर्न समेत थाले ।

यसपटक पनि मिडियाले तथ्य र तर्कको प्रवाह गरेनन् । सेनाले मारेको मानिसको संख्या बनाएनन् । तर उनीहरु ३५० आतंकवादी मारिएको खबर प्रचार गर्न थाले ।

हमलाको कुनै भिडियो त थिएन, तर पुरानै फुटेजहरुको प्रयोग गर्न लागे । ग्राफिक्समार्फत् भ्रम पैदा गर्न थाले ।

यस्तो झूटको खेती त्यतिबेलासम्म चल्यो जतिबेला सम्म साँचो कुरा बाहिर आएन । र अहिले त विदेशी समाचार एजेन्सीहरुले पुष्टि गरेका छन् कि भारतीय वायु सेनाले हमला गरेको ठाउँमा न कुनै तालिम क्याम्प थियो न कोही मारिएका थिए । केवल एउटा काग मरेको खबर मात्रै बाहिर आयो ।

त्यसै प्रकारले, भारतीय मिडिया जसरी भारतले आक्रमण गर्दा उत्सव मनाउन थाल्यो त्यसरी नै पाकिस्तानले हमला गर्दा पाकिस्तानी मिडियाले त्यसै गर्ने अवस्था बन्यो । त्यहाँ पनि टिभीको स्टुडियोभित्र उन्मादले भरिएका ठूला ठूला कुरा हुन थाले । कार्यक्रम प्रस्तोताहरु भारतलाई सबक सिकाएको र ईटको जवाफ पत्थरले दिने जवाफ दिन थाले ।

भारतीय पाइलट अभिनन्दनको गिरफंतारी र रिहाई यस श्रृंखलाको अघिल्लो कडी रह्यो । यस क्रममा पनि भारतीय च्यानलहरु उन्मादी स्वरुपमै प्रस्तुत भए ।

जे भए पनि, पाकिस्तानी निरंकशु शासकभन्दा त्यहाँका मिडिया केही हदसम्म मर्यादित देखिएका थिए । इमरान खानको शान्तिप्रतिको वक्त्वयको प्रभाव थियो । वास्तवमा यी सबै घटनाक्रममा पाकिस्तानका नेता र त्यहाँको सेना धेरै संयम देखिए । यसलाई केवल उनीहरुको डरको रुपमा अवमूल्यन गर्नु गलत हुनेछ ।

यसकारण पनि भारतीय मिडियाको टाउकोबाट युद्धको भूत उत्रिएको छैन र उनीहरु एउटा राजनीतिक एजेण्डामा आधारित भएर नै काम गरिरहेका छन् । । यसैले उनीहरुले इमरानको नरम रवैयालाई उनको कमजोरीको र भारतको जितको रुपमा प्रष्ट्याइरहेका छन् । आखिर उनीहरुलाई सरकारले सिकाए अनुसार नै नाँच गान गर्नु न छ ।

बदलिरहेको राजनीतिक माहौल
भारत सरकारले जुन प्रकारले रवैया लिइरहेको छ, उसलाई लाग्दैन कि दुई देशको सम्बन्ध चुनाव अगाडि सुध्रनेवाला छैन । त्यसैले चुनाव अघिसम्म मिडिया पनि सुध्रने अपेक्षा गर्न सकिँदैन ।

प्रश्न उठ्छ कि मिडिया यो हदसम्म किन गिरिरहेको छ ? यसका कयौं कारणहरुमाथि चर्चा गर्न सकिन्छ । दुई कारण त माथि नै चर्चा गरिसकियो । तर, अरु पनि केही तत्वहरु छन्, जसलाई बेवास्ता गर्न सकिँदैन । यसमा सबैभन्दा महत्वपूर्ण कुरा राजनीतिक माहोल हो ।

पछिल्लो पाँच वर्षमा भारतमा राजनीतिक माहोल तीव्ररुपमा बदलिएको छ । बिजेपी र उसको सहयोग दलहरुले राष्ट्रवादको नाममा उन्मादको यस्तो वातावरण बनाएका छन् कि त्यहाँ प्रश्न सोध्न, तर्क र तथ्यको कुरा गर्न एकदमै गाह्रो भएको छ ।

उनीहरुले सरकार, देश, सेना र देशभक्तिलाई एकआपसमा घोलमेल गरेका छन् । यसको मतलब हुन्छ, यदि तपाईं सरकारसँग प्रश्न गर्नुहुन्छ भने तपाईंले देशको विरुद्ध कुरा गरिरहनु भएको छ । तपाईंलाई सरकारसँग सहमत हुनैपर्छ र यदि त्यसो गर्नुभएन भने तपाईंलाई पाकिस्तानका पक्षपाती घोषित गरिदिइन्छ ।

यो नयाँ माहोलमा आतंक पनि सँगसँगै छ । केवल तर्कसंगत ढंगबाट कुरा गर्नेहरुमा डर फेलिरहेको मात्र छैन किन्तु मिडियामा काम गर्नेहरु पनि डराउन थालेका छन् । उनीहरु यस्ता कुनै पनि प्रश्न गर्नबाट डराउँछन् जसबाट सत्तापक्ष रिसाओस् वा उनीहरुले देशभक्तिमाथि कुनै प्रश्न खडा गरिदिनेछन् । त्यसैले, उनीहरुले आफूलाई नै देशभक्त घोषणा गर्ने प्रवृत्ति बढिरहेको छ ।
सेनासँग जोडिएको सवाल त थप संवेदशील बनाइएकी छ । सेनाको बारेमा नकरात्मक कुरा त परै जाओस्, कुनै बांगो टेढो प्रश्न गर्न पनि अत्यधिक घातक सावित हुनसक्छ । तपाईं त्यही रिपोर्ट गर्न थाल्नुहुन्छ जुन सेना वा सरकारले भनिरहेको हुन्छ ।

सामाजिक सञ्जालको असर

दोस्रो फ्याक्टर सामाजिक सञ्जाल हो । सामाजिक सञ्जालले जबर्जस्ती ढंगले मूल प्रवाहका मिडियालाई प्रभावित गरिरहेका छन् । अधिकांश झूटा सामग्रीहरु यसैमा मुख्यतः ह्वाट्सऐपको देन हो र यसैबाट उक्त कुरा दोस्रो माध्यममा पुगिरहेको छ ।

जब सामाजिक सञ्जाल सबैको लागि हरप्रकारबाट खुला छ भने यसले उन्माद पैदा गर्न हो फैलाउन ठूलो भूमिका निर्वाह गर्न सक्छन् । पत्रकार पनि यसबाट प्रभावित भइरहेका छन् र यसको असर उनीहरुको काममा नै देखिइरहेको छ ।

यसको साथसाथै बजारजन्य प्रतिस्पर्धा त छँदैछ । मिडियामा दुईतिरकै होड मच्चिइरहेको छ । एकातिर उनीहरु सत्तारुढलाई खुसी बनाउन चाहन्छन् ताकि उनीहरुबाट लिन सकिने जति सबै लिन सकून् । दोस्रो, बजारमा आफ्नो स्थान बढाउने धुनमा त्यसैमा सवार छन् ।

एउटा प्रश्न पत्रकारिता शिक्षा र पेशासँग जोडिएको प्रतिवद्धताको पनि हो । मिडिया कभरेजको आचार संहिता र मूल्य मान्यताको कुरा मात्रै पनि होइन ।

मिडियाहरु यसलाई लिएर कतै पनि गम्भीर छैनन् । यसका लागि उनीहरु फोहोर भरिएको छ र यो फोहोर अहिले उम्लिरहेको छ ।

(बीबीसी हिन्दीका लागि मुकेश कुमारको रिपोर्टको भावानुवाद)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob