scheduleआइतवार चैत्र १० गते, २०७५

अलबिदा भरतमोहन अधिकारी

काठमाडौं, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति निधन भएको छ ।

फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको शनिबार राति ९ः३५ मा निधन भएको अस्पतालका मेडिकल डारेक्टर डा भाष्करराज पन्तले विज्ञप्तिमार्फत जानकारी गराए ।

नेताअधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको पार्थिव शरीर आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
शनिबार दिउँसै अस्पतालले पत्रकार सम्मेलन गरेरअधिकारीलाई बचाउन अन्तिम प्रयास गरिरहे पनि बचाउन सकिने सम्भावना न्यून रहेको जनाएको थियो ।


को हुन् भरत मोहन अधिकारी ?
वि.सं. १९९३ महोत्तरीको भ्रमणपुरामा सुब्बा रामचन्द्र र पूर्णकुमारीको कान्छो छोराका रुपमा जन्मिएका अधिकारी १९५२ देखि अर्थात् १६ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय थिए । प्रारम्भिक शिक्षा विराटनगरको आदर्श विद्यालयमा र उच्च शिक्षा भारतको बनारस हिन्दू विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट लिएका उनी तत्कालिन नेकपा (एमाले)को पाँचौँ, छैटौँ, सातौं र आठौं महाधिवेशनमा उनी मूल आयोजक समितिको संयोजक रहेर भूमिका निर्वाह गरेका थिए । छैटौँ, सातौँ र आठौं महाधिवेशनबाट स्थायी समितिमा निर्वाचित र ५० वर्षभन्दा बढी समय केन्द्रीय नेतृत्वमा रहेका थिए ।

विसं २०७१ को एमालेको नवौँ अधिवेशनदेखि उनले पार्टी कमिटीका कुनै पनि जिम्मेवारी नलिने गरी स्वेच्छिक घोषणा गरेका थिए । अधिकारी मोरङ जिल्लाबाट विसं २०४८, २०५१ र २०५६ गरी तीनपटक सांसद र एकपटक संविधानसभा सदस्य भएका थिए भने तीनपटक अर्थमन्त्री र दुईपटक उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

विसं २०५२ मा अर्थमन्त्री भएको अवसरमा ‘वृद्ध भत्ता’ र ‘नौ स’ जस्ता लोकप्रिय कार्यक्रम ल्याएका उनले आफ्नो गाउँ आफैँ बनाऔँ, राष्ट्रिय विभूतिका नाममा सडक नामकरण, हेटौंडा–काठमाडौँ सुरुङमार्ग, सडकको दुवैतिर वृक्षरोपण, सुत्केरी भत्ता, श्रीमान् श्रीमतीको संयुक्त नाममा जग्गाको रजिष्ट्रेशन पास, गाउँगाउँमा सहकारी घरघरमा रोजगारी रहेका छन् ।

ओमकुमारी अधिकारीसँग विवाह गरेका उनको तीन छोरी रहेका छन् । कानुनमा बिएल र अर्थशास्त्रमा एमए गरेका अधिकारी ४ वर्ष भूमिगत, ३ वर्ष निर्वासनमा र ३ वर्ष जेल बसेका थिए ।

उनका ‘नेपालमा औद्योगीकरणका समस्या’, ‘मेरो जीवनयात्रा’ नामक कृति प्रकाशित छन् भने ‘मेरो जीवनयात्रा –भाग २ प्रकाशोन्मुख रहेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob