scheduleमगलवार जेष्ठ ७ गते, २०७६

‘वातावरण मैत्री विकास नहुँदा जोखिम बढ्दो’


तुलसीपुर, १९ फागुन । विकास निर्माणका कार्य वातावरण मैत्री नहुँदा मुलुकले विभिन्न खालका चुनौतीको सामना गर्नुपर्ने सहभागीहरुले बताएका छन् ।

दाङको तुलसीपुरमा शनिबार आयोजित ‘जैविकविविधता संरक्षण र जलवायु परिर्वतन अनुकूलनका लागि स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले जैविक विविधता संरक्षण र जलवायु परिर्वतन अनुकूलनका लागि नीतिगत छलफल हुनुपर्नेमा जोड दिए ।

‘विश्वमा देखिएको जलवायु परिर्वनको असर नेपालमा पनि परेको छ, यदि बेलैमा यसलाई नरोक्न हो भने मुलुकमा धेरै समस्या आउनेछ,’ जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीले भने, ‘जलवायु परिर्वतन अनुकूलनका लागि स्थानीय निकायहरुले जैविक विविधता संरक्षण गर्न र हरियाली बढाउन जनतालाई सचेत गराउन सक्नुपर्छ ।’

तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले आफूहरु यस विषयमा संवेदनशील भएको र कृत्रिम जलाशय निर्माण गरेको बताए ।

शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले वनसम्बन्धी स्पष्ट नीति नहुँदा ‘हरियो वन नेपालको धन’ भन्ने नाराले सार्थकता पाउन नसकेको बताए ।

कार्यक्रममा दाङका दश वटै स्थानीय निकायका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षहरुको सहभागिता थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob