scheduleमगलवार जेष्ठ ७ गते, २०७६

विमानस्थलमा सुनसहित दुई पक्राउ

काठमाडौँ, १९ फागुन । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

कार्यालयको टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका विशाल तामाङ र गोरखाका भीमबहादुर रानालाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले तामाङलाई  सात लाख ५१ हजार ९३५ मूल्य बराबरको २४९ ग्राम र रानासँग पाँच लाख २६ हजार १८५ मूल्य बराबरको २०९ ग्राम सुनसहित पक्राउ गरेको जानकारी दिए। पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob